Admission Open

सँगीतकार दीपक शर्माले अनाथ बालबालिकासँग मनाए जन्मदिन

काठमाडौं, २२ भदौ : सुनन चम्पा, पिरेम नलाउने, पहिलो नम्बरमा, पर्ख पर्ख मायाँलुसहित कैयौं हिट गीत नेपाली संगीत क्षेत्रका दिएका संगीतकार दीपक शर्माले अनाथ बालबालिकासँग आफ्नो जन्म दिन मनाएका छन् ।
म्याग्दीबाट उच्च शिक्षाका लागि काठमाडौं आएर निकै सँघर्ष गरेपछि उनी संगीतकार भएका थिए । त्यही सँघर्षलाई सम्झेर बिगत झैं यसपटक पनि जन्मदिन अनाथ आश्रममा मनाएको उनले बताए ।

जन्मदिनको अबसरमा सँगीतकार दीपक शर्मा आज बिहान काठमाडौंको मुलपानीमा कलाकार सुलेमान शँकर (इकु)ले सञ्चालन गरेको स्नेह आश्रममा पुगेका थिए । आश्रममा रहेका तीनै १४ जना बालकालिकासँग उनले खाना खाएर आफ्नो जन्म दिन मनाए । सोही क्रममा त्यहाँका बालबालिकहरुको लागि उनले आर्थिक सहयोग सहित विभिन्न पाठ्य सामग्री तथा स्टेशनरी सामग्रीहरु पनि प्रदान गरे । अनि ती बालबालिकाहरुलाई आफ्ना थुप्रै गीत सुनाएर उनले मनोरञ्जन दिए । उनीसँग त्यहाँ आश्रित १४ जना बालबालिका पनि खुसीले नाचेका थिए ।
आफुले जन्म दिन गर्ने फजुल खर्चले उनले त्यहाँका बालबालिकालाई विभिन्न सामग्री किनिदिएका छन् । केक काट्दै जन्म दिन मनाउनु भन्दा अनाथ बालबालिकाहरुलाई केही सहयोग गर्दै जन्म दिन मनाउँदा खुसी लागेको उनले बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...