Admission Open

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थपियो

काठमाडौं : कोरोना माहामारी अनियन्त्रित रुपले फैलिएसँगै २०७८ वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा सुरु गरिएको निषेधाज्ञा अझै १० दिन थपिएको छ । बिहीबार काठमाडौं उपत्यकाका काठमाडौँ ललितपुर र भक्तपुरका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको संयुक्त बैठकले साउन १० गते सम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
पछिल्लो पटक थपिएको निषेधाज्ञामा सबै प्रकारका पसलहररू बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ भने निजी र सार्वजनिक सवारीका साधनहररू पनि साबिककै अवस्थामा सञ्चालन गर्न पाइने भएको छ ।

रेष्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न अनुमति दिएको छ । सो सेवा साँझ ७ बजे सम्ममात्रै सञ्चालन गर्न पाइनेछ । त्यसैगरी सबै प्रकारका सभा सम्मेलन लगायत मानिसहरू भेला हुन भने अझै पाइने छैन ।
त्यस्तै काठमाडौँ उपत्यका बाहिरबाट अनावश्यक रुपले प्रवेश गर्न कडाइ गरिने भएको छ । अत्यावश्यक कामका लागि काठमाडौं आउनुपर्ने अवस्थामा अन्य जिल्लाबाट पास लिइरहनुपर्ने छैन । तर उपत्यकाबाट बाहिर जाने र आउने लामो दुरीका सवारीसाधनहरू भने अझै चलाउन नपाइने कुरा निषेध आदेशमा उल्लेख गरिएको छ ।
[ हेर्नुहोस् जारी निषेध आदेश ]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...