#अपरिचित यात्री
सदियौँदेखि लुकेका प्रश्न
अनि लुकेका उत्तर
लुकेको लुक्यै छन्-
सायद, भलाकुसारी गर्नुभन्दा
लुकामारी गर्न सही लाग्दो हो
ती प्रश्नहरुका ज्वारभाटाले थिचिँदा
बगरका ढुङ्गाहरुमा पछारिँदा
उत्तरको खोजाइ
मृगतृष्णा बनिदिन्छ
अनि मेरो खोज
खोजमै सीमित बनिदिन्छ-
ती जमानादेखि रमाना भएका
प्रश्न र म, उस्तै उस्तै लाग्छ
म फेरि तिम्रो लागि फर्कने छैन
न मेरो चिताको धुवाँले
तिमीलाई पर्खने छ ।