Admission Open

बीपी प्रतिष्ठानमा आन्दोलन जारी : चिकित्सक र कर्मचारी रिले अनसनमा

बीपी प्रतिष्ठानमा १४ दिनदेखि लगातार आन्दोलन जारी छ । प्रतिष्ठानको सुधारको माग राखेर १४ दिनदेखि आन्दोलनमा थालेका चिकित्सक र कर्मचारीहरूले रिले अनशन सुरु गरेका छन् । प्रतिष्ठानमा भएको भष्ट्राचारको छानबिन गरी दोषीउपर कारवाही र प्रतिष्ठानमा हुने अबैध काम बन्द गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले असार १४ गतेदेखि रिले अनशन सुरु गरेका हुन् ।
प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारहरूले संयुक्त सघर्ष समिति गठन गरी आन्दोलनलाई तीब्र पारेका छन् । प्रत्येक विहान ८ बजेदेखि १० बजेसम्म काम छाडेर आन्दोलनमा उत्रिएका उनीहरूले प्रतिष्ठानको उपकुलपति कार्यालयअगाडि धर्ना दिँदै आएका छन् । बुधबारदेखि उपकुलपति कार्यालयअगाडि रिले अनसन सुरु गरेका छन् । रिले अनसनमा प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थिहरू समेत सहभागी भएका छन् ।


व्यवस्थापन पक्षसंग प्रतिष्ठान सुधारको माग राखेर आन्दोलन सुरु गरेको १४ दिन बितिसक्दासमेत उपकुलपति गिरी लगायतका पदाधिकारीहरूले माग सम्बोधन गर्न चासो नदेखाएपछि अनिश्चितकालीन रिले अनसन सुरु गरिएको प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पखरेलले बताए । उनले प्रतिष्ठानको भष्ट्राचार नियन्त्रण गर्नुपर्ने र दोषीउपर कारवाहीको माग राखेर प्रतिष्ठान बचाउको आन्दोलन सुरु गर्दा उपकुलपति गिरी डरले प्रतिष्ठान छाडेर भागेको आरोप लगाए ।
संघर्ष समितिका संयोजक डा. सुर्यप्रसाद रिमालले प्रतिष्ठान सुधारको माग राखेर कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाउदा पनि सरकारले कुनै वास्ता नगरेको बताए । बीपी प्रतिष्ठान देशकै गहना हो । धरासायी बनेको प्रतिष्ठानलाई बचाउन प्रतिष्ठानका पदाधिकारीहरू पहिला सच्चिनु पर्ने र व्यवस्थापन चुस्त दुरुस्त हुनुपर्ने उनले बताए ।


प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारीले जेठ महिनाको तलवसमेत नपाएको अवस्थामा पदाधिकारीहरू कार्यालय छाडेर अन्यत्र जानु उनीहरूको ग्रैह जिम्मेवारीपन भएको प्रतिष्ठानको जुनियर वेल्फेयर सोसाइटीका अध्यक्ष डा. राजेन्द्र घिमिरेले बताए । उनले सरकारले गलत व्यक्तिहरूलाई प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेका कारण प्रतिष्ठानको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको आरोप लगाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...