Admission Open

उपत्यकामा एक साता थपियो निषेधाज्ञा, अव सवारी साधन जोर विजोर प्रणालीअनुसार चलाउन पाइने

कुनकुन बार केके खुल्छन्, उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको सूचना हेर्नुहोस् ।

काठमाडौं, ६ असार:  काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर विजोर प्रणालीमा चलाउन पाउने निर्णय गरेका छन् ।

अवदेखि जोर दिनमा जोर नम्बर प्लेट भएका र विजोर दिनमा विजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाइने भएको छ । त्यस्तै ट्याक्सीको हकमा पनि यही नियम लागू हुनेछ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रसासनले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएका थिए । संक्रमितको दर र मृत्युदर कम हुँदै गएपछि गत सातादेखि नै निषेधाज्ञालाई खुकुलो बनाइएको थियो । यस साता अत्यावश्यक क्षेत्रका सवारी साधनलाई मात्रै आवतजावत गर्न दिइएकोमा भोलिदेखि जोर विजोर प्रणालीमा सबैलाई आवतजावत गर्न पाउने छन् ।

कुनकुन बार केके खुल्छन् ?

सवारी साधन सँगै पसलहरुलाई पनि बार अनुसार खोल्न दिइने निर्णय भएको छ । भोलिदेखि लागू हुने गरी आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

[ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको सूचना हेर्नुहोस् ।]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...