Admission Open

नौजना नारीलाई अनेसास नवरत्न पुरस्कार

अमेरिका / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।
समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल “नीशा”, गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मान गर्ने भएको हो । यसैगरी यसैगरी गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्ने भएको छ ।
समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समितिको सिफारिसमा उक्त निर्णय गरेको हो ।
साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित चयन समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका थिए ।
आगामी अगष्ट महिनामा अमेरिकामा एक कार्यक्रम गरि दुईसय पचास अमेरिकी डलरसहित पुरस्कृत गरिने संयोजक अधिकारीद्वारा प्रेषित समाचारमा जानकारी गराइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...