Admission Open

ad place

महानन्द  जयन्तीमा प्रतियोगितात्मक कवि गोष्ठी हुने


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी शनिवार महानन्द सापकोटा जयन्ती तथा प्रतियोगितात्मक कवि गोष्ठी गर्ने भएको छ । भाषाशास्त्री सापकोटाको १२५ औँ  जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमा  वाचित प्रतियोगी कविता मध्येबाट तीनजनालाई जनही एकएक सय  अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको प्रायोजन अनेसास बोर्ड परिषदका सल्लाहकार रोहिणी शर्मा सापकोटाले प्रायोजन गर्नु भएको छ । कविता गोष्ठीमा सहभागिता जनाउन चाहने कविहरूले दुईसय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता कार्यक्रममा वाचन गर्न सक्नेछन्  ।
अनेसास जर्जिया च्याप्टरको सहयोगमा हुने कार्यक्रम अनेसासले सापकोटाको नाममा गर्दै आएको पाँचौ वार्षिक अनलाइन साहित्यिक कार्यक्रम हुनेछ ।
कार्यक्रममा  मोहन सिटौला, डा. शंकर सुब्बा फागो , महेश प्रसाई, गीतादेवी सापकोटा, राधेश्याम लेकाली, संजीव सापकोटा, तेराखलगायतले सापकोटाका साहित्यिक योगदानबारे प्रकाश पार्नेछन् ।

नेपाली निर्वचन नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार  प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् ।  पूर्वी नेपालको इलाम जिल्लाको इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० मा जन्मेका सापकोटाको २०३५ साल असार १ मा देहवसान भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...