Admission Open

समय

कविता

# गोपाल थपलिया

समयको कर्म बित्नु हो
यसलाई कतै जोडिन्छ
कतै घटाईन्छ
तर यो कसैको अधिनमा छैन
यो स्वतन्त्र छ

समयमा नै
मान्छे जन्मन्छ
मान्छे बाँच्छ
मान्छे मर्छ
तर आफँै चाँहि
स्वतन्त्र छ समय
बाँचिरहन्छ हरदम-

समय नै हो
कसैलाई जित दिन्छ
कसैलाई हार

फेरि समय नै हो
कुनै मान्छेलाई
आफ्नो जीवन भन्दा पनि
लामो जीवन दिन्छ,
लामो जीवन पाउने पङ्तिमा
आफूलाई उभ्याउन सक्नु पो
वास्तवमा समय रहेछ-

त्यसैले
म सम्झिरहन्छु
विश्वेश्वरहरू, पुष्पलालहरू
मदन भण्डारीहरू
मनमोहन र गणेशमानहरू
र सम्झिरहन्छु
त्यो समय ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...