Mobile banking

Nepal Telecom

मिथक हजुरबा

कविता

# सुरेश हाचेकाली

मधेसको मौजाको त के कुरा
जीउमा लगाएको जनै
हिन्दुत्व प्रक्षेपण गर्ने शिरको टुपी
कम्मरको कन्दनी
सरम छोप्ने एक बित्ते लगौँटी
र आङमा लागेको रापिलो घाम पनि
यही चराचर जगतलाई छोडेर
हजुरबा अज्ञेय गन्तव्यतिर जानुभएछ ।

हजुरबाको कपालका लिखा
र काखीनिर पलाएको मासुको लुर्को पनि
हजुरबाका सहयात्री भएनन्
हजुरबाले कथेका सिलोक
सुनाएका दन्त्यकथा
स्त्रीलिङ्गी दौँतरीलाई
सुसेलीले जिस्क्याएका भूमिगत हल्ला
सबै छोडेर यही पार्थिव गाउँमा
भन्छन् हजुरबाको आत्मा
यमलोकमा हो कि ब्रह्मलोकमा गयो रे

आफ्नै बाहुबलले सिर्जेको ऐश्वर्यबाट
दर्पण छायाजस्तै
अपझर्ट वञ्चित हुनुभो हजुरबा ।

भोलि—भोलि गएर
पहारिलो घाममा बदाम छोडाउँदै गरिने
समय कटनी गफको
एउटा रमाईलो मिथक हुनुहोला हजुरबा ।

 

– दधिकोट, भक्तपुर

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...