Cocacola

Election Commssion Nepal

साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन

काठमाडौँ, १७ चैत : साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।

यसैबीच, साहित्यकार श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले स्व. श्रेष्ठको साहित्यिक देनको स्मरणसहित उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...