Admission Open

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता

खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालन हुने फुटबल प्रतियोगिताको उदघाटन कार्यक्रममा सुप्रसिद्ध गायक राजेश पायल राईको उपस्थिति हुने कुरा आयोजकले दिएका छन् । उक्त कार्यक्रममा गायक राजेश पायल राईले आफ्नो प्रस्तुतिमार्फत खेलार्डी र दर्शकलाई समेत उत्साहित बनाउने भएका हुन ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा आगामी फागुन १० गतेदेखि १५ गतेसम्म रणजितमान राई खेलमैदान दुभे छिवामा हुने अन्तर वडा जिल्लास्तरीय पुरुष फुटवल प्रतियोगिताको उद्घाटनमा गायक राईको उपस्थिति हुने र राईद्वारा विभिन्न साङ्गितिक प्रस्तुति दिने कुरा आयोजकले जनाएका छन् । गायक राई खोटाङकै माटोमा जन्मिएका प्रतिभा हुन ।
आयोजकका अनुसार उद्घाटनका दिन राजेश पायलसँगै किरात राई यायोक्खाका महासचिव जनक राई, क्याप्टेन जगतराम राई लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।

जित्नलाई हैन, सिक्नलाई खेलकुद’ भन्ने नाराका साथमा सञ्चालन हुन लागेको र सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको तयारी तीव्र रुपमा भईरहेको छ ।

प्रतियोगितामा प्रथम टिमले १ लाख ५५ हजार, दोश्रो टिमले १ लाख १ हजार, सेमिफाइनमा पुग्ने दुई टिमले ३१/३१ हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५र५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने कुरा पनि आयोजकले जनाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...