Admission Open

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको हो ।
सोमबार राति १२ बजेबाट उक्त मूल्य लागू हुने कुरा निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए ।उपाध्ययका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...