Admission Open

स्वार्थको पोको

कविता

# गोपाल थपलिया

आफ्नै स्वार्थका लागि
न्यायको परिभाषा बदली दिने !
नियम कानुन पनि बदली दिने !
आफ्नै स्वार्थकालागि
सत्य, इमानलाई तिलाञ्जली दिने !

आफ्नै स्वार्थकालागि जवर्जस्ती
सोझालाई दुःख दिने !
सही सिद्धान्तलाई उल्टापुल्टा गरी मिलाउने !
आफ्नो इच्छापूर्ति गर्न
तथ्यको सत्य पनि दबाउने !

आफ्नो कुरा बलियो बनाउन
झुटलाई पनि सत्य बनाउने
सत्यलाई झुटको भारी बोकाउने
देशको माया पनि हराउने
आफ्नो स्वार्थ पूरा गर्न
देश र जनतालाई धोका दिनसक्ने ?

कुसंस्कार भित्र्याएर
राष्ट्रिय भवानालाई दबाउने !?
आफ्नोस्वार्थ दासत्व मोहले
त्यागीलाई लत्याउने !
न्यायलाई नै दण्ड दिने
अन्यायलाई पुरस्कार सुम्पने !?
ए स्वार्थको पोको बोकेका
मलामीहरू हो
अव चिताको खरानीको टिका लगाऊ र
लासकै खरानीमा लुछाचुँडी गर ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...