Admission Open

विद्यार्थीले जलाए उपकुलपतिको पुत्ला

वीरेन्द्रनगर सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाए

२७ पुस, काठमाडौं । वीरेन्द्रनगर सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका छन् ।
उपकुलपति नन्दबहादुर सिंहको निर्देशनमा विद्यार्थीमाथि आक्रमण र प्रहरी दमन भएको भन्दै विद्यार्थीले सोमबार बिहानै विश्वविद्यालय परिसरमा उपकुलपतिको पुत्ला जलाएका हुन् ।
आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको आरोप विद्यार्थीले लगाएका छन् ।
विश्वविद्यालयमा सम्बन्धनविनानै अध्ययन अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ विषयको कोरोना अवधिको शुल्क मिनाह गर्नुपर्ने माग विद्यार्थीको थियो । उक्त विषयमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन पुगेका विद्यार्थीमाथि प्रहरीले दमन भएको थियो ।
उपकुलपति नन्दबहादुर सिंहले ज्ञापनपत्र बुझ्न नमानेपछि प्रहरी र विद्यार्थीवीच झडप भएको थियो । धर्नामा बसेका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र हवाईफायरसमेत गरेको विद्यार्थीको दाबी छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । त्यसैगरी केही महिनाअघि मात्रै ज्ञापनपत्र बुझाउनकै लागि उपकुलपति कार्यालय पुगेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिल शाहीमाथि उपकुलपतिको संलग्नतामा उपकुलपतिकै कार्यकक्षमा कुटपिटसमेत भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...