Admission Open

ad place

अनेसासले मनायो ११३औँ लक्ष्मीजयन्ती

समाचारदाता, बोस्टन, अमेरिका :अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती मनाएको छ । जुम प्रविधिका माध्यमद्वारा मनाइएको उक्त जयन्ती कार्यक्रममा समालोचक लीला लुइटेलले देवकोटाको बहयआयामिक पक्षमा प्रकाश पारेकी थिइन ।
कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा, अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा बिओटी उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, बिओटी कोषाध्यक्ष राम लामा अविनाशी, सदस्य तीर्थ अधिकारी, माया गुरूङ, निजानन्द मल्ललगायतले शुभकामना मन्तव्य तथा सिर्जना वाचन गरेका थिए ।
अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार गंगा लिगल, दिव्य गिरी, स्पन्दन विनोद, ललिता दोषी, रश्मि रिमाल, हरिलाल शर्मा, जानुका खनाल,उर्मिला पन्त,अग्नि उर्वसी,रसज्ञ छहरा, ईश्वर देवकोटा, प्रकाश पाण्डे,सुसन बर्देवालगायतले सिर्जना वाचन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...