Admission Open

ad place

प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई नियुक्त, आजै ३ बजे शपथग्रहण

मोरङ, विराटनगर : नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार अपरान्ह ३ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए ।

नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । – न्युज कारखाना

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...