Admission Open

ad place

नेपालमै पहिलो पटक हरर सर्ट फिल्म  ‘द रुम’

लिंक हेर्नुहोस !

काठमाडौं : लघु चलचित्र ‘द रुम ‘ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको उक्त ट्रेलरमा मिडियाकर्मी समेत रहेका बिष्णु ठकुरीको एकल अभिनय रहेको छ । छायांकनदेखि चलचित्रको सम्पूर्ण काम पनि आफैँले गरेको उनको दाबी छ ।

हरर जनारामा निर्मित उक्त चलचित्रमा कोरोनाको कारणले भएको लकडाउनले घरमा एक्लै केही नगरी बस्दा कमजोर भएको मानसिक अवस्था, मनमा फैलने अनेकौं डर, त्रास र भ्रम आदि कुराहरुलाई सिर्जनात्मक ढंगबाट देखाइएको जानकरी दिए ।

उनले उक्त लघु चलचित्रलाई विभिन्न राष्टिय तथा अन्तर्राष्ट्रिय लघुचलचित्र महोत्सवहरुमा सहभागी गराइने, अनि मात्र दर्शकहरु सामु सार्वजनिक गरिने उनले बताए । उनले उक्त लघु चलचित्र, आफ्नो टिम मेम्बर बजेटको अभाब आदि कारणले चलचित्र बनाउन चाहेर पनि बनाउन नसकिरहेका युवाहरुलार्इ आफू एक्लै पनि चलचित्र बनाउन सकिन्छ, आफ्नो क्षमता देखाउन सकिन्छ, राम्रो कथामा बनाउन सकियो भने अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो चलचित्र पुर्याउन सकिन्छ भन्ने हेतुले बनाइएको र युवाहरुलार्इ प्रेरणाको स्रोत बन्न सक्ने पनि उनको भनाई छ । तर आफुलार्इ चलचित्र सम्बन्धी सम्पूर्ण कुराको थोरै थोरै भए पनि ज्ञान हुनुपर्ने उनको भनाइ छ ।

https://www.youtube.com/watch?v=jWPchzFFOUU&authuser=2
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...