Admission Open

कविता महोत्सवका लागि तीनसय एक कविता प्राप्त

[ कविता महोत्सव सेप्टेम्वर २३ मा ]

समाचारदाता, ‘अनेसास कविता महोत्सव’ का लागि तीन सय एक कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ ।
हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो ।
कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय डलर, द्वितीय हुनेलाई तीन सय डलर र तृतीय हुने तीन जनालाई दुई सय डलर पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतियोगिताका लागि सोचेको जत्तिकै सबै क्षेत्रका कविहरूको सहभागिता रहेकोमा खुश‍ी ब्यक्त गर्दै अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले भने- भूगोलका सबै महादेशका कविहरूको सहभागिता रहेकोले हामीलाई हौसला मिलेको छ ।
यसैगरी प्रतियोगिताका संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले निर्धारित मिति मै प्रतियोगिता गरेर राम्रा कविलाई पुरस्कृत गर्नका लागि काम अघि बढिसकेको बताए ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...