Admission Open

राष्ट्रिय गीत हामी नेपाली हामी गोर्खालीमा यसरी देखाइयो देशप्रेमको भावना


काठमाडौँ : सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको  ‘हामी नेपाली हामी गोर्खाली’  बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतका शब्द शृजना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ । बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो ।
गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय  देख्न सकिन्छ ।
दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । भिडियोको निर्देशन सन्त कुमार राईले गरेका हुन् भने ब्यबसायी सुमन पुनले निर्माण गरेकी हुन् ।
https://www.youtube.com/watch?v=LV0ijwMek-o
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...