Admission Open

भानुभक्त क्याम्पसमा व्यावसायिक भवन बन्दै

तनहुँ : व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा शैक्षिक तथा व्यावसायिक प्रयोजनाका लागि भवन निर्माण शुरुआत भएको छ । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले आइतबार भवनको शिलान्यास गर्दै समुदायद्वारा व्यवस्थापन गरिएको क्याम्पसका शैक्षिक पूर्वाधार निर्माणमा नगरपालिकाले निरन्तर आर्थिक सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

नगरपालिकाले उक्त भवन निर्माण गर्न कूल रु ५५ लाख रकम विनियोजन गरेको छ । दमौली–बेलबास सडकखण्डसँगै जोडिएको क्याम्पसको लालपुर्जा भएको जग्गामा वारपार खण्डमा चरणबद्धरुपमा चारतले भवन निर्माण गर्न लागिएको हो । उक्त चारतलेमध्ये भुइँतला दुई तला व्यापारिक प्रयोजन र अन्य शैक्षिक प्रयोजनका लागि क्याम्पसले प्रयोगमा ल्याउने गरी भवन खाका गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । उपभोक्ता समिति आफैँले निर्माण सामग्री खरीद गरी श्रमिकलाई हाजिरीमा खटाएर निर्माण गर्न लागेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...