Admission Open

नेपाल आयल निगमले १५ दिन पनि नबित्दै फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं : यही असार १० गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढाएको नेपाल आयल निगमले १५ दिन पनि नबित्दै पुनः मुल्य बढाएको छ । निगमले मंगलबार पेट्रोलियम पदार्थको मुल्य बढेको सूचना जारी गरेको हो ।
यही असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मुल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेल र मटितेलको मुल्य पनि प्रतिलिटर समान २ रुपैयाँ बढाएर ११२ रुपैयाँ पु्र्याएको छ ।

हवाई इन्धन (आन्तरिक) प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

खाना पकाउने ग्यासको मुल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ । यसअघि बढाएको मूल्यमा भने खाना पकाउने ग्यासको मूल्या बढेको थिएन ।

 [ हेर्नुहोस् सूचना ]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...