Admission Open

संसद विघटन बिरुद्धको मुद्धामा आज पनि सुनुवाई जारी

काठमाडौं : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन बिरुद्धको मुद्दामा आज पनि बहस जारी रहेको छ ।
उक्त विषयमा यसअघिनै १३ जना अधिवक्ताहरुले बहस गरिसकेका छन् भने बाँकी अरु अधिवक्ताहरुले आज बहस गर्नेछन् ।
संविधानको धारा ७६ उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आधार पेश गर्दा दलको समर्थन चाहिन्छ कि चाहिँदैन भन्ने विषयमा न्यायाधिशहरुले वलिकलाई प्रश्न गर्दै आएका छन् ।
अधिवक्ताहरुले भने राष्ट्रपतिले संविधान विपरीत प्रधानमन्त्रीमा देउवालाई नियुक्ति गर्नुको साटो संसद भंग गरेको भन्दै संसद पुनस्थापना हुनु पर्ने जिकिर गर्दै आएका छन् ।
यसैविच रिट निवदेक र सरकारी पक्षले आ–आफ्नो वहस नोट पेस गरेका छन् ।

सर्वोच्च अदालतले वहसको समय निर्धारण गरेसँगै दुबै पक्षलाई बहस नोट पेश गर्न भनेअनुसार विपक्षले बहस नोट पेश गरेका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...