Admission Open

ad place

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलमा सबै देशका लागि ६० सेकेन्डको पल्स दर लागू गर्ने भएको छ ।

टेलिकमका अनुसार यसअघि अन्तर्राष्ट्रिय कलमा ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर लागू हुनेछ । नयाँ व्यवस्था भोलि (मंसिर ८) देखि कार्यान्वयनमा आउनेछ ।

TVS_Golden key

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको भदौ २४ गतेको निर्णयबाट प्राप्त स्वीकृतिपछि नयाँ व्यवस्था लागू गर्न लागिएको टेलिकमले जनाएको छ ।

यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार ५८ देशमा ६० सेकेन्डको पल्स दर लागू भइसकेको थियो । अब बाँकी देशमा समेत उक्त व्यवस्था लागू हुनेछ ।

नेपाल टेलिकमका फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय कल गर्दा ००, १४२४, १४२५ र १४४५ एक्सेस कोड प्रयोग गर्न सकिनेछ । कल गर्दा सुरुमा एक्सेस कोड, त्यसपछि सम्बन्धित देशको कन्ट्री कोड र अन्त्यमा सेवा प्रदायकको नम्बर डायल गर्नुपर्नेछ ।

विभिन्न देशमा कल गर्दा लाग्ने शुल्क तथा दररेट नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...