Admission Open

ad place

पाँच प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २१ कार्तिक : देशका पाँच प्रदेशका केही स्थानमा आज हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ ।

TVS_Golden key

दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

राति कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य हिमाली क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ । कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

त्यस्तै, तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्ने अनुमान छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...