
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत सोमबारको खेलमा चितवन राइनोजले काठमाण्डू गोर्खाजलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर चितवनका कप्तान शिन्दर राजाले फिल्डिङ रोजेका हुन् ।
६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको काठमाण्डू र पाँच अंकसहित चौथो स्थानमा रहेको चितवन दुवै टोली जित निकाल्दै आफ्नो स्थान सुधार्ने लक्ष्यमा छन् । काठमाण्डूले चारमध्ये तीन खेल जितेको छ भने चितवनले दुई खेलमा जित निकालेको छ । चितवनको एक खेल रद्द भएको थियो ।


