Admission Open

ad place

१६ वर्षीय राहुलको घातक बलिङ, जनकपुरको पहिलो जित

#NPL

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरको जितमा मोइन अलीले अविजित ५८ र सैफ हसनले अविजित ४० रन बनाए।

TVS_Golden key

जनकपुरको जितको आधार १६ वर्षीय राहुल यादव बने। उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। राहुलले दुवै ओपनर साम हेजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरे।

पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो। उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए ।

यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले जितसँगै दुई अंक जोडेको छ। काठमाडौंले भने प्रतियोगितामा हारबाट सुरुवात गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...