काठमाडौं । डेविड मलानको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको हो।