काठमाडौं : नेपालमा TVS मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले TVS मोटर कम्पनीको अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। भारतको जयपुरस्थित ताज रिसोर्टमा आयोजित सम्मेलनमा विभिन्न देशका TVS मोटरका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो।
सम्मेलनमा ‘Beyond Borders’ अन्तर्गत जगदम्बा मोटर्सलाई ‘Overall Service Best Performance’ र ‘Best Manufacturing Unit–Asia’ गरी दुई अवार्ड प्रदान गरिएको हो। साथै, विभिन्न देशका वितरकहरूको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नामसमेत सम्मानित भएको कम्पनीले जनाएको छ।
विशेषगरी ‘Overall Service Best Performance’ अवार्डलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले जगदम्बा मोटर्सको दक्ष तथा तालिमप्राप्त प्राविधिक जनशक्ति, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवासहितको समग्र सर्भिस नेटवर्क विश्वकै उत्कृष्टमध्ये एक रहेको पुष्टि गरेको कम्पनीको भनाइ छ।
यस उपलब्धिबारे जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले सम्मान ग्राहकको विश्वास र सेवा टोलीको निरन्तर मेहनतको परिणाम भएको बताउनुभएको छ। उहाँका अनुसार ‘Overall Service Best Performance’ अवार्डले नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेको प्रमाणित गरेको छ।
जगदम्बा मोटर्स शंकर ग्रुपको एक हिस्सा हो। कम्पनीले नेपालभर दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्स र पारदर्शी सेवामार्फत छिटो तथा प्रभावकारी ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ।
जगदम्बा मोटर्सबारे
जगदम्बा मोटर्स नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरक हो। कम्पनीले TVS का दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको बिक्री, सर्भिस तथा वास्तविक स्पेयर पार्ट्सको सुविधा देशभर उपलब्ध गराउँदै आएको छ।
शंकर ग्रुपबारे
शंकर ग्रुप नेपालको प्रमुख व्यावसायिक समूहहरूमध्ये एक हो। सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापना गरिएको यो समूहअन्तर्गत विभिन्न व्यावसायिक क्षेत्रमा करिब ४० वटा कम्पनी सञ्चालनमा रहेका छन्। समूहले रोजगारी सिर्जना, लगानी विस्तार तथा नेपालको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ।



