Admission Open

गएको २४ घण्टामा नेपालमा ८ हजार ३ सय ८७ नयाँ कोरोनाका बिरामी थपिए, ६ हजार ४ सय ४ जना कोरोनामुक्त, १६९ को निधन

काठमाडौं, ११ जेठ / नेपालमा कोरोनाभाइरसका ८ हजार ३ सय ८७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २२ हजार ३ सय ६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख २८ हजार ८४८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ४०४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख चार हजार ८८७ जना कोरोनामुक्त भइसकेका छन् ।

हाल एक लाख १७ हजार २६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ७६।६ प्रतिशत छ । हालसम्म २९ लाख ५८ हजार ६२० नमूना परीक्षण गरिएको छ ।मन्त्रालयले चौबीस घण्टामा १६९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार ७०० जनाको मृत्यु भएको छ ।हाल ७१४ जना क्वारेन्टिनमा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...