
काठमाडौं : बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। नोभेम्बर ३० देखि डिसेम्बर ५,२०२५ सम्म नक्सालस्थित बाइकर्स क्याफेमा सञ्चालन भइरहेको यो विशेष इभेन्टमा सहभागीहरूले डोमिनार ४०० को पावर, नियन्त्रण र प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।
आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका भन्ने सन्देशसहित सञ्चालन भइरहेको यस क्याम्पेनले राइड अपग्रेड गर्न इच्छुकहरूले विभिन्न आकर्षक अफर र सुविधाहरू पाउने व्यवस्था गरेको छ।
कार्यक्रममा सहभागीहरूले सुरक्षित तथा स्टाइलिश राइडिङ गियर, विशेष उपहार तथा अन्य आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। साथै, नागरिकताको भरमा वित्तीय सुविधा उपलब्ध गराइएकाले डोमिनार ४०० खरिद प्रक्रिया झनै सरल र सहज भएको कम्पनीले जनाएको छ।
पुराना बाइक साट्न चाहनेहरूका लागि उत्कृष्ट मूल्यांकन सेवा तथा खेल मनस्क सहभागीका लागि अतिरिक्त बोनस अवसर पनि रहनेछ। सहभागीहरूले भाग्यशाली उपहारहरू जित्ने मौका पाउनेछन् र टेस्ट राइडबाट विशेष गिफ्टसमेत प्राप्त गर्न सक्नेछन्।
डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदायी राइड अनुभव गर्न इच्छुक सबैका लागि यो कार्यक्रम विशेष अवसरको रूपमा रहेको आयोजकको भनाइ छ।
एक हप्ता मात्र सञ्चालन हुने भएकाले बजाज नेपालले सबै राइड उत्साहीलाई छिटो सहभागिता जनाउन आग्रह गरेको छ। कार्यक्रम दैनिक रूपमा बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुनेछ।


