Admission Open

ad place

कपिलवस्तुमा बस दुर्घटना : एकको मृत्यु, पाँच घाइते

तौलिहवा(कपिलवस्तु), १३ कात्तिक : जिल्लाको शिवराज नगरपालिका १ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुधबार  राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा भएको हो । बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकमा पल्टिएको उहाँको भनाइ छ ।

दुर्घटनामा करिब ५०÷५५ वर्षका एक पुरुष पैदलयात्रीको मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो । उहाँलाई उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा ल्याइएको र चिकित्सकले बिहान करिब ३ बजे मृत घोषणा गरेका हो ।

बसमा सवार पाँच जना घाइते यात्रुको  सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ाइते हुनेमा कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ७ को ४३ वर्षीय जग्गुराम दगौरा, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ६ का ४५ वर्षीय टेकेन्द्र खत्री,  कञ्चनपुर भिमदत्त नगरपालिका १० का २४ वर्षीय भरत नाथ, कञ्चनपुर लालघारी गाउँपालिका १ का ३६ वर्षीय भिम बहादुर चौधरी र कञ्चनपुर गुलरिया नगरपालिका ४ की  १४ वर्षीय रितु लोहार रहेको प्रहरीले जनाएको छ । बसमा करिब ३५ जना यात्रु सवार रहेको र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो ।

टिप्पणिहरु
Loading...