Admission Open

ad place

इंग्लिस प्रिमियर लिगः लिभरपुल र चेल्सी पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डसँग ३–२ गोलले हार ब्यहोरेको हो ।

खेलको पाँचौं मिनेटमा नै डांगो क्वाटाराले गोल गर्दै घरेलु टोलि ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा केभिन शेडले गोल थप्दै टोलिको अग्रता दोब्बर पारे । यता, पहिलो हाफकै इन्जुरी समयमा मिलोस केक्रेजले गोल गर्दै लिभरपुललाई १–२ को अवस्थामा ल्याए । ६० औं मिनेटमा इगोर टियागोले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ ले अघि बढाए । उनले पेनाल्टीमा गोल गरेका हुन् ।

यता, ८९ औं मिनेटमा मोहम्मद सलाहले गोल फर्काउँदै लिभरपुललाई २–३ को अवस्थामा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र लिभरपुल पराजित हुन पुग्यो । लिभरपुलको यो लगातार चौंथो हार हो । टोलि ९ खेलबाट १५ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड १३ अंकका साथ १० औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा चेल्सीले सन्डरल्यान्डसँग घरेलु मैदानमै १–२ गोलको हार ब्यहोर्यो । खेलको चौंथो मिनेटमा नै अलेजान्ड्रो गर्नाचोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । २२ औं मिनेटमा विल्सन इसिडोरले गोल गर्दै सन्डरल्यान्डलाई १–१ को बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा चेम्सडिन ताल्बिले गोल गर्दै सन्डरल्यान्डलाई रोमाञ्चक जित दिलाए । जितसँगै सन्डरल्यान्ड ९ खेलबाट १७ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सी १४ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।

टिप्पणिहरु
Loading...