प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कुनै रामबाण हो भन्ने ग्यारेन्टी छैन । स्थानीय तहमा प्रमुख वा अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । तर धेरै स्थानमा लोकप्रियतावादको आडमा व्यक्तिगत प्रभुत्व जमाउने प्रवृत्ति देखिएको छ । विश्वका उदाहरणले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी एकपटक सत्तामा पुगेपछि उसलाई हटाउन कठिन हुने देखाउँछन् । नेपालजस्तो भू–राजनीतिक रूपमा संवेदनशील देशमा कुनै कार्यकारीले विदेशी शक्तिको पक्षपोषण गरेमा त्यसलाई नियन्त्रण गर्न संसदसँग सीमित औजार मात्र रहनेछ । यो जोखिमलाई नजरअन्दाज गर्न सकिँदैन समस्या प्रणालीमा मात्र होइन नेतृत्वको सोच, सक्षमता र नैतिकतामा पनि छ ।


