Admission Open

ad place

‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग

काठमाडौं : सोसाइटी इन्टरनेशनलले अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था(FPCA)लाई आर्थिक सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच सोसाइटी इन्टरनेशनलले कर्पोरेट सामाजिक उत्तरदायित्व(CSR)अन्तर्गत अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था(FPCA)लाई आर्थिक सहयोग गरेको हो । वार्षिकरुपमा सहयोग गर्ने प्रतिबद्धताअन्तर्गत सोसाइटी इन्टरनेशनलका जिएसए अफेयर हेड सन्तोष विक्रम राणाले एफपीसीएकी अध्यक्ष एलिना बज्राचार्य तुलाधरलाई पहिलो चेक हस्तान्तरण गरेका हुन्। एक वर्षसम्म हरेक महिना आर्थिक सहयोग गर्दै जाने कम्पनीले जनाएको छ । उनले अटिजम पीडित बालबालिका र व्यक्तिहरुलाई सामाजिक र आर्थिक रुपमा सहयोगको आवश्यकता रहेको बताए ।

‘जनचेतना र ज्ञानको अभावका कारणले हाम्रो समाजमा अटिजम बालबालिकालाई हेर्ने दृष्टिकोण फरक छ’, उनले भने- ‘यसको न्यूनीकरणमा आ-आफ्नो ठाउँबाट सबैले सहयोग गर्न जरुरी छ ।’ चेक बुझ्दै एफपीसीएकी अध्यक्ष तुलाधरले अटिजम पीडित व्यक्ति र बालबालिका पनि यही देशका नागरिक भएकाले सरकारले पनि सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने बताइन् । विगत १० वर्षदेखि अटिजम भएका व्यक्ति र बालबालिकाका लागि एफपीसीएले डे-केयर र सिकाइ केन्द्र सञ्चालन गर्दै आएको छ । संस्थाले बालबालिकालाई व्यक्तिगत शिक्षा योजना(IEP)अनुसारको पठनपाठन र विशिष्ट थेरापीको सेवा पनि दिने गर्दछ।

 

टिप्पणिहरु
Loading...