Admission Open

ad place

पेल स्याडोज एट डस्क’ लोकार्पण

कास्की, भदौ १ गते । कवि/कथाकार विश्व सिग्देलको कवितासंग्रह ‘पेल स्याडोज एट डस्क’ शनिबार काठमाडौंमा लोकार्पण गरियो । वर्तमान कविता समूहले आयोजना गरेको कार्यक्रममा बहुभाषिक कविता वाचन र काव्यात्मक संवादले माहोललाई साहित्य उत्सवमा बदलिदियो ।

लोकार्पणपछि नेपालीबाट अंग्रेजी र जर्मन भाषामा अनूदित किताब ‘पेल स्याडोज एट डस्क’ माथि कार्यक्रमका प्रमुख अतिथि डा. हेमराज काफ्ले र डा. बलराम अधिकारीले आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा कविहरू चन्द्रबहादुर लामा र रमी प्रियाले पनि सिग्देलका कविता र किताबमाथि आफ्नो बुझाइ-विचार व्यक्ति गरे ।

काफ्लेले कवि सिग्देलको संवेदनशील र भावुक लेखनशैलीको चर्चा गर्दै संग्रहले मानवीय भावना र अनुभवका सूक्ष्म तहलाई समेटेको टिप्पणी गरे । उनले संग्रहका कविताका सुन्दर बान्की पनि प्रस्तुत गर्दै सिग्देलका कविताले काव्य तत्वलाई सुन्दर ढंगबाट समेटेको बताए ।

टिप्पणिहरु
Loading...