Admission Open

राष्ट्रियसभामा रामबहादुर थापाले गराए उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बागमती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्।
बादलको उम्मेदवारीको प्रस्तावक डोरमणि पौडेल र समर्थकमा सरस्वती बस्नेत रहेका छन्।
बागमती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख(उपप्रमुख २३८ र बागमती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए। उनका अनुसार आगामी जेठ ६ गते हेटौँडा उपमहानगरपालिका(४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ। एउटा स्थानीय तहका लागि र अर्को प्रदेशसभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...