Admission Open

ad place

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ, ३१ असोजः जिल्लाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँमा राष्ट्रिय प्रसारण लाइनको व्यवस्था नहुँदा ती स्थानका सर्वसाधारण लघुजलविद्युत्मा निर्भर भएका छन् ।

लघुजलविद्युत् आयोजनाको उत्पादन घटेका बेला बिजुली आपूर्ति पनि कम हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिकाको एउटा गाउँका करिब २० घर तथा क्व्होलासोथार गाउँपालिकाका पसगाउँ, सिङ्दीलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार हुन बाँकी छ । हालसम्म जिल्लामा ४४ हजार घरमा विद्युत् सेवा पुगेको छ ।

सिङ्दी गाउँमा करिब २२० देखि २२५ घर रहे पनि लघु जलविद्युत् आयोजनाको उत्पादन घट्दा आपूर्तिमा समस्या हुने गरेको छ । विगतमा ४० किलोवाट विद्युत् उत्पादन हुने गरेकामा हाल अधिकतम २५ किलोवाट मात्र उत्पादन भइरहेको छ । उत्पादन घटेपछि दैनिक चार घण्टा विद्युत् आपूर्ति बन्द हुने गरेको छ ।

क्व्होलासोथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले गाउँपालिकाभित्रका विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि पटकपटक पहल गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

टिप्पणिहरु
Loading...