Admission Open

नेपालमा कोरोना संक्रमणबाट आज एकै दिन ५५ जनाको मृत्यु

काठमाडौं, २१ वैशाख : नेपालमा कोरोना संक्रमणका कारण एकै दिन यति धेरै मात्रामा मृत्यु भएको यो पहिलो पटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो । त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५९ हजार ७ सय ९८ पुगेको छ भने कुल कोरोना संक्रमितहरुको संख्या ३ लाख ५१ हजार पाँच पुगेको छ ।
आजै १ हजार ७ सय ७५ जना निको भई घर फर्किएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...