Admission Open

ad place

वैशाख १९ गते राती १२ बजेबाट काभ्रेमा पनि निषेधाज्ञा

 

काठमाडौं, १८ वैशाख : जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै भोलि मध्यरातिदेखि निषेधाज्ञा लागू हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार जिल्लामा कोरोना भाईरसको संक्रमण उच्च भएपछि आईतबारराति १२ बजेबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको हो।

अत्यावश्यक कामका लागि भने छुट गरिएको तर अत्यावश्यक कामबाहेक हिंडडुल गर्नसमेत रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सञ्चालन गर्न पाइने छैन । बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासीसम्म तथा बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सवारी सञ्चालन गर्न पाइने छैन भने अत्यावश्यक कामका लागि भने रोक नलगाइएको पनि सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...