Admission Open

वार्षिक २५ लाख भन्दा बढी पर्यटक भ्रमण गराउने लक्ष्य

८० को दशक : पर्यटन पुनरुत्थान गर्न पर्यटन दशक

काठमाडौं :  सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै सदनमा पेश गरेको चालु आवको आर्थिक सर्वेक्षण अनुसार प्रर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर समग्र पर्यटन विकासका लागि पर्यटन दशक कार्यान्वयनमा रहेको छ । नेपालको ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने लक्ष्य लिएको छ ।

कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिर्दै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमस ः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ ।

सन् २०२२ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट सङ्कलन भएको विदेशी मुद्रा १९०.० प्रतिशतले बढेर कूल रु ४६ अर्ब ७६ करोड पुगेको छ ।

पर्वतारोहण दलको सङ्ख्या सन् २०२२ को अन्त्यसम्म एक हजार नौ सय ५२ पुगेको छ । हिमाल पर्वतारोहीको सङ्ख्या सन् २०२० मा चार सय ४७ र सन् २०२१ मा तीन हजार चार सय ४६ रहेकोमा सन् २०२२ मा आठ हजार चार सय ६८ पुगेको हो । पर्वतारोहीको सङ्ख्यामा भएको वृद्धिसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी वृद्धि भएको छ । रोयल्टी सन् २०२२१ मा रु ६३ करोड ५२ लाख ४९ हजार सङ्कलन भएकोमा सन् २०२२ मा रु ७० करोड ३४ लाख ३० हजार पुगेको छ । चालु आवको फागुनसम्म सबै प्रकारका होटल शय्याको सङ्ख्या ३७ हजार ३० पुगेको छ । असारसम्म २४ क्यासिनो सञ्चालनमा छन् । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...