Admission Open

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना औपचारिक भ्रमणका लागि कम्बोडिया प्रस्थान

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि गए राती कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि अध्यक्ष तिमिल्सिना आइतबार राती कम्बोडिया प्रस्थान गरेका हुन ।

अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटि अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सम्बोधन गर्ने  कार्यक्रम रहेको छ ।  उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्दिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड  बुद्दिष्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदाबधी प्रदान गरिदैछ।

अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेश सभाका सदस्य अमन मास्के र संघीय संसद सचिवालयका उपसचिव नुमराज खनाल रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...