Admission Open

ad place

बृद्धाश्रम सहयोग समितिद्वारा एक लाख सहयोग

काठमाडौँ  : बृद्धाश्रम सहयोग समितिले कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ति बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ । ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान सिप क्षमता युवापुस्तामा पु¥याउने उद्देश्यले शुरु भएको बृद्धाश्रम सहयोग समिति र प्रशान्ति बृद्धाश्रमविच सहयोगको वातावरण बनी दुवै समितिविच समन्वय भएको छ ।

ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्यसमेत रहेका प्रशान्ति बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो बृद्धाश्रमलाई अव प्रदेशकै अग्रणी संस्थाको रुपमा विकाश गरिने सोच रहेको हुँदा सहयोगी हातहरुको आवश्यकता रहेको कुरा बताउनुभएको छ । हरेक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने नीति रहेको बृद्धाश्रम सहयोग समितिले यो महिना कर्णालीको प्रशान्ति बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरेको हो ।
५० जनाको क्षमता रहेको बृद्धाश्रममा हाल पानीको फिल्टर र सोलार आवश्यक रहेको जानकारी गराउँदै सहयोग गर्न इच्छुकले ९८५८०६५८८८ मा सम्पर्क गर्न सक्ने जानकारी गराउनु भयो ।
बृद्धाश्रम सहयोग समिति अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रमहरुमा कम्तिमा पनि एक एक लाखको अक्षयकोष स्थापना गर्ने उद्दश्य अनुरुप यस आश्रममा सहयोग गरेको बताउनु भयो । वडा अध्यक्ष र पालिकाले दिएको सहयोगबाट रकम जुटिरहेको उहाँले बताउनु भयो ।

ज्येष्ठ नागरिकको क्षेत्रमा सहयोग गर्न चाहनेले ९८५१३४१११४ मा सम्पर्क गर्नसमेत उहाँले जानकारी गराउनुभयो । हरेकले महिनामा १० रुपैयाँमात्र भएपनि ज्येष्ठनागरिकको क्षेत्रमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो

टिप्पणिहरु
Loading...