Admission Open

एनएमबि बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा

काठमाडौं : एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ जनालाई सम्मान र हौसला स्वरुप जनही रु २१००० प्रदान गर्ने घोषणा गरेको छ ।
यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुनील केसीले भन्नुभयो, “खेलाडीहरु राष्ट्रका गौरव हुन । खेलाडीको मनोबल उच्च कायम राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ ।

२०१९ देखि शुरु भएको विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ म्याचमा जित हात पारेर नेपाल फाइनल म्याचमा युएआइसँग भिडिरहेको छ । उक्त खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ । यो नगद पुरस्कारले पनि खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...