Admission Open

एनएमबिको बडा दसैंमा बडा डिजिटल धमाका

काठमाडौं : एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २ हजारसम्म सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।

एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २ हजारसम्म पैसा बचत गर्न सक्नेछन् ।

एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई-कमर्श-पोसमा कारोवार गर्दा १० प्रतिशत रु ३ सयसम्म क्यासब्याक पाउन सक्नेछन् ।त्यस्तै, एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई-कमर्श-पोसमा कारोबार गर्दा २० प्रतिशत ५ सयसम्मको क्यासब्याक पाउन सकिनेछ ।

eNMB एप :
एनएमबि बैंकको ग्राहकहरुले इएनएमबि एपबाट एनटिसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउन सकिने छ । त्यस्को साथसाथै, इएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा रु २ सयसम्मको क्यासब्याक पाउनसकिने छ ।एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ बाट सम्मानित भै सकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...