Admission Open

एनएमबि बैंकको “अपन एनएमबि बचत खाता” मा उच्चतम ब्याजदर

काठमाडौं : मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने “अपन एनएमबि बचत खाता” सन्चालनमा ल्याएको छ ।

उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरो सेयर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्शक सुविधाहरु पनि प्रदान गर्नेछ ।

एनएमबि बैंक विगत २६ वर्षदेखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरी सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...