Admission Open

ad place

चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला सम्पन्न

चितवन : नाडाका अध्यक्ष धु्र्रव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । नाडाको आगामीे कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल ब्यवसायको वर्तमान परिस्थिति र भविष्यको सम्भावना आदि विषयमा केन्द्रित रहेर पुस ८ र ९ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको हो ।

कार्यक्रम नाडाका पुर्ब अध्यक्षहरु समेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा सम्पन्न भएको छ । भेलाले बैंकहरुको उच्च व्याजदरलगायत चालु पूँजी कर्जा लागु गरेको, जोखिम भार र एलसी मार्जिनलगायतका विषयहरुमा समेत छलफल गरेको थियो । उक्त कार्यक्रममा नाडाका पूर्व अध्यक्षहरु रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले व्यवसायीहरुलाई मार्गदर्शन गर्दै नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकताबारे.चर्चा गरेका थिए ।

कार्यक्रममा नाडाका १ नं. प्रदेश अन्तर्गत रहेको मोरङ अटोमोवाइल डिलर्श एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, मधेष प्रदेश अन्र्तगत रहेको जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष तेजनारायण साह, बागमती प्रदेश अन्र्तगत रहेको चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद भण्डारी तथा हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष दामोदरप्रसाद अटल, गण्डकी प्रदेश अन्र्तगत रहेको पश्चिमाञ्चल अटोमोवाइल डिलर्श एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशअन्र्तगत रहेको लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराई, कर्णाली प्रदेश अन्र्तगत रहेको कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालका अध्यक्ष भद्र भण्डारी र सुदूरपश्चिम प्रदेश अन्र्तगत रहेको सुदुर पश्चिम अटोमोवाइल डिलर्श एशोसिएशनका अध्यक्ष पुष्करराज ओझाले आन्दोलनका सम्बन्धमा आ-आफनो धारणा व्यक्त गरेका थिए ।

भेलाले दोश्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघी बढाउने निर्णय समेत गरेको छ । साथै व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढता समेत व्यक्त गरेकोे छ ।

बृहत छलफलमा सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधन र १५० सिसि भन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथी उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलायन हुने अवस्था आएकोले व्यवसायीहरुले दोश्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको हो ।

नाडाले मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि २०७९ मंसिर २२ गते काठमाडौंलगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा विषेश प्रस्तुती दिएका थिए ।

त्यसैगरी उक्त कार्यक्रममा नेपालका प्रख्यात मोटिभेसनल महेश दाहालले व्यवसाय सञ्चालनको क्रममा आउँने चुनौती र समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयमा प्रस्तुती समेत दिएका थिए । सोही क्रममा नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका सभापती सुनिल रिजालले व्यवसायीहरुले गर्र्ने भनिएको दोश्रो चरणको आन्दोलनको ढाचाँबारे जानकारी दिएका थिए ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले कार्यक्रमको धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए । नाडाको १३ औं कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औं वार्षिक साधारण सभा माघ २७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...