
काठमाडौं : यसुदाको १५औ वार्षिकोत्सव सम्पन्न भएको छ । उच्चस्तरीय घरायसी सामान तथा उपकरणबाट हरेक घरको जिवन शहज बनाउने उद्देश्यका साथ १५ वर्ष पहिले स्थापना भएको यसुदा ब्रान्ड विगत लामो समयदेखि नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको छ ।
यस ब्रान्डले विगत १५ वर्षदेखि घरायसी जिवन सहज बनाउने ४० भन्दा बढी क्याटेगोराइजका हजारौं उत्पादनहरु बिक्री वितरण गर्दै आएको छ । ब्रान्डको स्थापनादेखि यसुदा क्यालकुलेटर, इमरजेन्सी लाइट, राइसकुकर जस्ता उत्पादनहरुले आम नेपालीको मन मस्तिस्कमा रहिरहेको छ ।
यसुदा ब्रान्डको वासिङ मेसिन, टेलिभिजन, एसी, फ्रिज, माइक्रो ओभन, इन्डक्सन जस्ता उत्पादनलाई पनि उपभोक्ताहरुले अत्यधिक माया र विश्वास गरेकोले यसुदा नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको हो ।
यसुदा का हरेक उत्पादनहरु गुणस्तरलाई ध्यानमा राखेर गरिने र नविनतम प्रविधिमार्फत आफ्ना उत्पादनलाई समय र उपभोक्ताको आवश्यकताअनुसार निरन्तर अपडेट गर्दै अएकोले पनि यसुदा हरेक नेपालीको मन मस्तिष्कमा रहन सफल ब्रान्ड भएको छ ।
व्यावसायिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वका लागि प्राथमिकतामा राखेर १५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा वन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरेको छ ।


