
मोरङ : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र मोरङ अटोमोबाइल्स एशोसियसनको आयोजनामा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वी क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरुको उपस्थितिमा शुक्रबार बिराटनगरमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
कार्यक्रममा नाडाका अध्यक्ष धुब्र थापासहित नाडाको कार्यसमिति, मोरङ अटोमोबाइल्स एशोसियसनको कार्यसमिति तथा व्यवसायी लगायतको उपस्थिति थियो ।
कर प्रशिक्षणका सन्दर्भमा कार्यक्रम निकै प्रभावकारी भएको नाडाले जनाएको छ।


