Admission Open

ad place

आज पनि घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कारोबार कतिमा हुँदैछ ?

काठमाडौं : आज पनि सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन सोमबार प्रतितोला २ सयले घटेको छापावाल सुन मंगलबार पनि तोलामा ३ सय रुपैयाले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा पुनः ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँलेसँगै आज चाँदी तोलाको १ हजार १ सय ६० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलाको १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...