Admission Open

ad place

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

काठमाडौँ, १६ साउन : नारायणगढ-मुग्लिन सडक साेमबार बिहानैदेखि अवरूद्ध भएकाे छ । लगातारकाे वर्षाका कारण लेदाेसहितकाे पहिराे खस्दा सडक अवरूद्ध भएकाे  हो ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार सोमबार बिहान चार बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा पहिराे खसेपछि सडक अवरुद्ध भएको हाे ।पहिराेका कारण दुईतर्फी रूपमा नै बाटाे बन्द भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन विष्टले जानकारी दिए ।

बाटाे अवरूद्ध भएकाे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट नौकिलोबाट प्रहरी सहायक निरीक्षककाे नेतृत्वमा प्रहरी टाेली घटनास्थलमा पुगेकाे छ ।

टाेलीले भरतपुरकाे सडक डिभिजन कार्यालयसँग समन्वय गरी बाटाे खुलाउने पहल गरिरहेकाे डीएसपी रवीन विष्टले बताएका छन् l

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...